`

एसीसी यु-१६ इस्ट जोन कपमा नेपालको दोस्रो जित

Nepal One HD १० असार २०८२ ११:४१
खेलकुद

काठमाडौं । एसीसी यु-१६ इस्ट जोन कप प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ । मंगलबार भएको खेलमा नेपालले जापानलाई ९ विकेटले हराएको हो ।

जापानले दिएको ८१ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभर बलमा एक विकेट गुमाएर भेटायो । नेपालका लागि सिवान्स बजगाईँले अविजित ३८ र प्रसिद्ध जोशीले अविजित ३३ रन बनाए ।

जापानका लागि कप्तान चार्ली ह्यारिसले ३६ रन बनाए । नेपालका शुभम खनालले पाँच विकेट लिए । यस्तै अभय यादवले दुई, सुशीलबहादुर रावल र विपिनप्रसाद शर्माले एक विकेट लिए । आइतवार भएको आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई ६ विकेटले हराएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *