अमला रोकालाई दुई लाख धरौटीमा छाड्न अदालतको आदेश

प्रमुख खबर

काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई काठमाडौँ जिल्ला अदालतले दुई लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
सोमबार न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो । तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङकी पत्नी हुन् ।
२०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार राजश्व जाँच पास गरेर बाहिरिएको ६० किलो सुन तस्करीको मुद्दामा अनुसन्धान सुरु भएपछि फरार रहेकी उनी विरुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिससमेत जारी गरेको थियो । उनी केही दिनअघि पक्राउ परेकी थिइन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट