`

इजरायल र इरानबीच युद्धविराम सुरु

Nepal One HD १० असार २०८२ १२:४१
विश्व

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरायल र इरानबीच युद्धविराम कार्यान्वयनमा आएको बताएका छन् ।

उनले आफ्नो सामाजिक सञ्जालको वेबसाइट ट्रुथ सोसलमा एक सन्देश लेख्दै भनेका छन्, ‘युद्धविराम अब लागु भएको छ। कृपया यसलाई उलङ्घन नगर्नू।’

उनको टिप्पणी लगत्तै इजरायली सरकारले पनि ट्रम्पको युद्धविराम प्रस्तावमा आफ्नो सहमति भएको बताएको छ । एक विज्ञप्तिमा उसले भनेको छ, ‘युद्धविरामको कुनै पनि उल्लङ्घनको इजरायलले कडा प्रतिक्रिया दिनेछ।’

उसले इरान आक्रमणको आफ्नो उद्देश्य पूरा भएकाले युद्धविराम गर्न सहमति जनाएको बताएको छ । इरानबाट आफ्नो देशका निम्ति उत्पन्न ’दुईथरी खतरा’ – परमाणु अस्त्र तथा बलिस्टिक क्षेप्यास्त्र – निस्तेज पारिदिएको पनि इजरायलले जनाएको छ।

इरानको सैन्य नेतृत्वमा गम्भीर क्षति तथा दर्जनौँ सरकारी निसानाहरू ध्वस्त पारिदिएको उसले बताएको छ । केहीबेरअघि इरानको सरकारी सञ्चारमाध्यमले पनि इजरायली भूभागमा चार लहरको इरानी क्षेप्यास्त्र हमलापछि इजरायलसँगको युद्धविराम सहमति आरम्भ भएको जनाएको छ ।

इजरायलको सुरक्षा सैन्यका अनुसार दुई घण्टाको अवधिमा ६ चक्रमा भएको हमलाले देशका विभिन्न क्षेत्रमा प्रहार भएको छ । इजरायलले त्यस्ता हमलामा दक्षिणी इजरायलमा ४ जनाको ज्यान गएको जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि त्यस्तो युद्धविराम सहमतिको घोषणा गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *