`

विराटनगरमा कोरोना भाइरस संक्रमित एक महिलाको मृत्यु

Nepal One HD १० असार २०८२ १३:१०
जीवनशैली/स्वास्थ्य

विराटनगर । विराटनगरमा कोरोना भाइरस संक्रमित एक महिलाको मृत्यु भएको छ । उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएकी ३९ वर्षीया महिलाको कोभिडका कारण मृत्यु भएको हो ।

अस्पतालका प्रबन्धक दिपेश राईका अनुसार उनलाई उपचारका लागि मंगलबार बिहान ४ः२० बजेतिर अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालको आकस्मिक कक्षमै बिहान ६ बजेतिर मृत्यु भएको जानकारी उनले दिए ।

उनलाई श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउने लगायतका समस्या देखिएपछि सोमबार झापा बिर्तामोडको बिर्तासीटी अस्पतालमा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *