`

बिन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा

Nepal One HD ११ असार २०८२ १८:३३
प्रमुख खबर

काठमाडौँ । नेकपा एमालेले पार्टी नेतृ बिन्दा पाण्डे र उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको छ । बुधबार बसेको सचिवालय बैठकले पाण्डे र तिम्सिनाको निलम्बन फुकुवा गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

गत पुस १० गते बसेको एमाले सचिवालय बैठकले ६ महिनाका लागि दुबै जनाको जिम्मेवारी खोसेको थियो । पार्टी भवन निर्माणका सवालमा दिएको अभिव्यक्तिलाई लिएर एमालेले तिम्सिना र पाण्डेको जिम्मेवारी खोसिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *