`

जसपा नेपालले लियो लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

Nepal One HD १३ असार २०८२ १७:२९
बिशेष

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

शुक्रबार पार्टीका तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले समर्थन फिर्ता लिएको बेहोरा सहितको पत्र मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाएको सचिवालयले जानकारी दिएको छ । पत्रमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख छ ।

लुम्बिनी प्रदेशमा जसपा नेपालबाट काफ्ले एक मात्र सांसद हुन् । उपेन्द्र यादव नेतृत्वको जसपाले केन्द्रमा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने केन्द्रीय कार्यकारिणी समिति बैठकले निर्णय लिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *