`

विधेयकमा हेरफेर विश्वमै लाजमर्दो घटनाः बाबुराम भट्टराई

Nepal One HD १७ असार २०८२ १५:३१
प्रमुख खबर

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदीय समितिले पारित गरेको प्रावधान जालसाजीपूर्ण ढंगले हटाएर संसदबाट पारित गराएको घटना नेपाल मात्र नभई विश्व इतिहासकै निकृष्ट र लाजमर्दो घटना भएको बताएका छन् ।

मंगलबार सामाजिक संजालमार्फत भट्टराईले यो उच्च तहको कर्मचारी र राजनीतिक नेतृत्वको साँठगाँठमा देशमा कति ठूला राज्यदोहनकारी, राष्ट्रघाती र जनविरोधी अपराधहरू हुँदै आएका रहेछन् भन्ने जिउँदो र ताजा प्रमाण भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘कुलिङ अफ पिरियड’ भनिने सरकारी कर्मचारीहरूले अवकास वा राजीनामापछि अर्को ठूलो सरकारी भाग खान २ वर्ष पर्खनुपर्ने संसदीय समितिले पारित गरेको प्रावधान जालसाजीपूर्ण ढंगले हटाएर संसदबाट पारित गराएको घटना नेपाल मात्र हैन विश्व इतिहासकै निकृष्ट र लाजमर्दोमध्ये एक राजनीतिक ठगीको घटना हुनुपर्छ । उच्च तहको कर्मचारी र राजनीतिक नेतृत्वको साँठगाँठमा यो देशमा कति ठूला राज्यदोहनकारी, राष्ट्रघाती र जनविरोधी अपराधहरू हुँदै आएका रहेछन् वा हुनसक्ने रहेछन् भन्ने यो जिउँदो र ताजा प्रमाण हो। यसको जति भत्र्सना र निन्दा गरे पनि कम हुन्छ । हामीले त्यत्तिकै अब टालटुले सुधारले हुन्न बरू देशको समग्र राजनीति र राज्यप्रणालीकै अग्रगामी, लोकतान्त्रिक, समाजवादी पुनर्संरचना गरौं भनेर केही वर्षदेखि नयाँ वैकल्पिक राजनीतिवारे चिच्याउँदै आएको हैन है !!’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *