`

निजामती विधेयक सच्याउन राष्ट्रिय सभालाई रामहरि खतिवडाको अनुरोध

Nepal One HD १७ असार २०८२ १६:४५
बिशेष

काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कुलिङ पिरियडमा गरिएको हेरफेर सच्याउन राष्ट्रिय सभालाई आग्रह गरेका छन् ।

विज्ञप्ति जारी गरी सभापति खतिवडाले दुई वर्ष कुलिङ पिरियड राख्ने सहमतिमा हेरफेर भएको पाइएको भन्दै सच्याउन राष्ट्रिय सभालाई आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको संघीय निजामती विधेयकमा व्यवस्था गरिएको कुलिङ अफ पिरियड सम्बन्धमा संसदमा पेस गर्दा मूल मर्मलाई भत्काउने गरी तोडमोड गरिएको विषय गम्भीर त्रुटि र अक्षम्य घटना हो। यो सामान्य अवस्था होइन। यस सम्बन्धमा छानविनका लागि सम्माननीय सभामुखसँग अनुरोध गर्दछु। त्यसैगरी कुलिङ अफ पिरियड राख्ने गरी सच्याउन सम्मानित राष्ट्रिय सभालाई अनुरोध गर्दछु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *