बैंकिङ कसूर मुद्दाका दुई फरार अभियुक्त पक्राउ

अपराध

काठमाडौं । ७५ लाख रुपैयाँ बराबरको जरिवाना रकम भएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौको टोलीले लमजुङको मध्यनेपाल नगरपालिका ७ घर भइ काठमाडौंको महाराजगञ्ज बस्ने वर्ष ५१ को दीपेन्द्रराज घिमिरेलालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
बैंकिङ कसूर मुद्दाका फरार रहेका उनलाई अदालतले ४३ लाख ५० हजार जरिवाना तोकेको थियो । त्यस्तै, काभ्रेको बनेपा घर भई काठमाडौंको सरस्वतीनगर बस्ने वर्ष ५७ को बुद्धिनाथ न्यौपानेलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
चेक अनादर कसुर मुद्दाका उनलाई अदालतले ३१ लाख ५० हजार रुपैयाँ जरिवाना बापत २ वर्ष कैद सजाय तोकेको थियो । उनीहरुलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट