`

४ दिन कैद र ११ लाख ६० हजार जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ

Nepal One HD १४ पुष २०७९ १७:४७
अर्थ समाचार

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका ६ बस्‍ने ४२ वर्षीय बद्री बोहोरा पक्राउ परेका हुन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पेप्सीकोटाबाट बुधबार पक्राउ गरेको हो ।  उनलाई पाटन उच्च अदालतले मिति २०७९ मंसिर १८ गते बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र ११ लाख ६० हजार जरिवानाको फैसला गरेको थियो ।


प्रतिक्रिया