`

सुनको भाउ हालसम्मकै उच्च

Nepal One HD ४ साउन २०८० १२:२२
अर्थ समाचार

काठमाडौँ / नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज तोलामा ५०० रुपैयाँ बढेसँगै सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा बढी भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेर १ लाख १३ जार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुन तोलामा १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज ५ रुपैयाँले वृद्धि भएसँगै १ हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि असर परेको महासंघले जनाएको छ । यद्यपि अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालमा सुनको मूल्य वृद्धिदर उच्च देखिएको छ ।


प्रतिक्रिया