`

मौद्रिक नीति ल्याउँदै राष्ट्रबैंक

Nepal One HD ७ साउन २०८० ९:४४
अर्थ समाचार

काठमाडौं। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्दै छ ।

राष्ट्र बैंकका एक अधिकारीका अनुसार आइतबार बिहान मौद्रिक नीति पारित गर्न सञ्चालक समितिको बैठक बोलाइएको छ । बैठकले पारित गरेपछि दिउसो तीन बजे गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गर्ने तयारी रहेको छ ।

राष्ट्र बैङ्क स्रोतका अनुसार बजेटले निर्दिष्ट गरेका लक्ष्य अनुसारको मौद्रिक नीति तयार भएको छ । शिथिल अर्थतन्त्र चलायमान बनाउने हिसाबले नीति आउने जानकारी दिँदै उहाँले भन्नुभयो ‘मौद्रिक नीतिले नीतिगत दर, बैङ्क दर र निक्षेप सङ्कलन दर घटाउन सक्ने छ ।’


प्रतिक्रिया