नेप्सेमा सामान्य गिरावट

अर्थ समाचार

काठमाडौँ / सेयर बजारको गिरावट बुधबार पनि जारी छ । यस दिन नेप्से सूचक ८।११ अंकले घटेर २१५६।२० अंकमा आएको छ । २ अर्ब ४३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार बजार नथामिए पनि घट्नेक्रम भने साँघुरो भएको छ । प्यानिक सेल कम हुँदा कारोबार रकम पनि घटेको छ ।
यसअघि सोमबार सूचक २५।६६ अंकले घटेको थियो । यस्तै, मंगबार ३६।१९ विन्दुले तल झरेको थियो । तर बुधबार भने सूचक एकल अंकले मात्र घटेको छ । यसले विस्तारै प्यानिक सेल कम हुँदै गएको अनुमान लगाउन सकिन्छ ।
यस दिन २६० कम्पनीको ७३ लाख ९९ हजार कित्ता सेयर कारोबार भएको छ । १५ करोड १२ लाख रुपैयाँसहित कारोबार रकममा ग्लोबल आइएमई संस्थापक सेयर अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र नेपाल पुनर्बिमा कम्पनी परेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट