`

प्रतितोला चार सय रुपैयाँले बढ्यो सुनको मूल्य

Nepal One HD १६ साउन २०८० १२:३३
अर्थ समाचार

काठमाडौँ / आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज चाँदी प्रतितोला १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।


प्रतिक्रिया