यातायात कार्यालय चितवनका एक कर्मचारी १ लाख ८५ हजार नगदसहित पक्राउ

NepalOne ३० जेठ २०८२ २०:०८
अपराध

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चितवनमा छापामारी दुई जनालाई पक्राउ गरेको छ ।

अख्तियारको टोलीले कार्यालय सहायक ४९ वर्षीय इन्द्रजित गुरुङ र गोरखाको बारपाक सुलिकोट गाउँपालिका–५ घर भई हाल भरतपुर महानगरपालिका–११ बस्ने ३१ वर्षीय बिचौलिया सुरज पाठकलाई नियन्त्रणमा लिएको छ । त्यसक्रममा कार्यालय सहायक गुरुङको कार्यकक्षबाट १ लाख ८५ हजार रुपैयाँ नगद समेत बरामद भएको छ ।


प्रतिक्रिया