दुई बुँदे सहमतिलाई माओवादी जिम्मेवार ढंगले प्रस्तुत भएकोरुपमा हेर्नुपर्छः प्रचण्ड


चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान, ऐन कानुन र सिस्टमका निम्ति सत्तापक्षको भूमिका खेल्नुपर्ने बाध्यता रहेको बताएका छन् ।
मंगलबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै प्रचडले त्यसैका लागि बजेट माथिको छलफलका लागि संसदको अवरोध हटाउनु परेको बताएका हुन् ।
उनले भने,‘संख्याले त हामी प्रतिपक्ष नै हो। तर इतिहासको विरासत र जिम्मेवारीको दृष्टिकोणले हामीले एकैसाथ सत्तापक्ष र प्रतिपक्षको पनि भूमिका खेल्नुपर्ने विचित्रको स्थिति नेपालको राजनीतिमा छ । तर प्रचण्ड झुक्यो भन्ने ढंगले हेरियो भने गहिराइ बुझ्न सकिँदैन ।’
उनले संसद अवरोध खुलाउन गरेको दुई बुँदे सहमतिलाई माओवादी जिम्मेवार ढंगले प्रस्तुत भएको रुपमा हेर्न आग्रह गरे । प्रचण्डले अहिलेको सत्तपक्षलाई राजावादी आएपनि टेन्सन नभएको बताए । उनले भने, ’सत्तापक्षलाई राजावादी नै आए पनि धेरै टेन्सन भएको देखिँदैन।’