`

पत्रकार दिलभूषण पाठकलाई साइबर ब्युरोमा उपस्थित हुन प्रहरीको आग्रह

Nepal One HD ३ असार २०८२ २०:२१
प्रमुख खबर

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले पत्रकार दिलभूषण पाठकलाई उपस्थित हुन सूचना जारी गरेको छ । मंगलबार सूचना जारी गरी ब्युरोले यथाशीघ्र यस ब्युरो वा नजिकको प्रहरी कार्यालयमा उपस्थित हुन आग्रह गरेको हो ।

ब्युरोले भनेको छ, ‘पक्राउ अनुमति प्राप्त भएको हुँदा यथाशीघ्र यस ब्युरो वा नजिकको प्रहरी कार्यालयमा उपस्थित भइ अनुसन्धान कार्यमा सहयोग पुर्याइदिनु हुन अनुरोध गरिएको छ ।’

साइबर ब्युरोले विद्युतीय कारोबार ऐनअन्तर्गत अदालतमा मुद्दा दायर गरेर पाठकलाई पक्राउ अनुमति लिएको थियो । तर उच्च अदालत पाटनले पत्रकार पाठकलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *