आँधीखोला संरक्षण अभियानका दुई अभियन्तामाथि वालिङ १० का वडाध्यक्षद्वारा रड प्रहार

अपराध

काठमाडौं । आँधी खोला संरक्षण अभियानका दुई अभियन्तालाई स्याङ्जाको वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनिल खनालले रड प्रहार गरी कुटपिट गरेका छन् ।
नदी संरक्षण अभियान घोषणा गरेर मोटरसाइकलमा फर्किएका अभियन्ता दिनकर नेपाल र मेघ आलेलाई वडाध्यक्ष खनालले वालिङ–९, सुर्कौदीमा रडले हानेका हुन् । वडाध्यक्षको प्रहारबाट नेपालको हेलमेटको सिसा फुटेको छ भने हातमा समेत चोट लागेको छ ।
विरोध कार्यक्रमबाट फर्कने क्रममा मोटरसाइकल रोकेर एक्कासी फलामको रडले आफूलाई हानिएको नेपालले बताएका छन् ।
हेर्नुस् भिडियो
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट