रुपन्देहीमा चट्याङ लागेर एक महिलाको मृत्यु

समाज

भैरहवा । सोमबार बिहान चट्याङ लागेर रुपन्देहीको मर्चवारमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मर्चवारी गाउँपालिका–३ महाराजगञ्ज बस्ने ४५ वर्षीया प्रमिला यादव रहेको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए ।
साउदका अनुसार बिहान घारबाट करिब एक सय मिटर पूर्व रहेको आफ्नै खेतमा रोपाइँ गर्न गएको अवस्थामा बिहान साढे ६ बजे यादवलाई चट्याङ लागेको थियो ।
चट्याङ लागेर बेहोस भएकी यादवलाई भैरहवास्थित भीम अस्पतालमा पुर्याएको र त्यहाँ उपचारका क्रममा मृत्यु भएको साउदले बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट