`

कतारमा रहेका नेपालीहरुलाई सतर्क रहन दूतावासको आग्रह

Nepal One HD १० असार २०८२ ०:२१
प्रमुख खबर

काठमाडौं । इरानले कतारस्थित अमेरिकी सैन्य अखडामा आक्रमण गरेपछि कतारस्थित नेपाली दूतावासले सतर्क रहन नेपालीहरुलाई आग्रह गरेको छ ।

इरानले अमेरिकी सैन्य अखडामा आक्रमण गरेपछि दूतावासले कतारमा रहेका नेपालीहरुलाई शान्तपूर्वक रहन र कतार सरकारको आधिकारिक सूचना तथा निर्देशन पालना गर्न अनुरोध गरेको हो ।

दूतावासले भनेको छ, ‘वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै कतारमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सतर्क रहन र यथास्थानमै रहन आग्रह गर्दछौँ । कृपया शान्तपूर्वक रहन र कतार सरकारको आधिकारिक सूचना, र निर्देशन पालना गर्न अनुरोध गर्दछौँ । नेपाली राजदूतावास, दोहा कतारमा रहनुभएका सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूका सदैव साथमा रहेको व्यहोरा समेत अवगत गराउन चाहन्छौँ ।’

इरानी सेनाले सोमबार कतारस्थित अमेरिकी सैन्य अखडामाथि आक्रमण थालेको दाबी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आणविक केन्द्रमा गराएको हवाई आक्रमणको जवाफस्वरूप यो कारबाही गरिएको इरानी पक्षले जनाएको छ ।

आक्रमणको केन्द्र अल–उदेद एयर बेस नजिकै विस्फोट भएको रिपोर्टहरू आएका छन् । दोहाबाट केही दूरीमा रहेको उक्त बेस अमेरिकी सेनाको सेन्ट्रल कमाण्डको अघिल्लो मुख्यालय हो, जहाँ करिब १० हजार अमेरिकी सैनिक तैनाथ छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *