सुनचाँदीको भाउ स्थिर

NepalOne २६ चैत २०७९ ११:३३
अर्थ समाचार

काठमाडौं / आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ। शुक्रबार २०० रुपैयाँले घटेको सुनको मूल्य आइतबार स्थिर रहेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५०० सय रुपैयाँ निर्धारण भएको छ । यसअघि, शुक्रबार पनि सोही मूल्यमा खरिदबिक्री भएको छ । 

आइतबार चाँदीको भाउ पनि स्थिर रहेको छ ।  आइतबार चाँदी तोलाको १४ सय ४० रुपैयाँ कायम भएको छ । शुक्रबार पनि सोही मूल्यमा खरिदबिक्री भएको थियो । 
 


प्रतिक्रिया