मंगलबार बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

अर्थ समाचार

काठमाडौँ / मंगलबार सुनको भाउ बढेको छ। आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ ।
योसँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार प्रतितोला छापावाल सुन १०० रुपैयाँ र तेजाबी सुन ५० रुपैयाँले रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
मंगलबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ। सोमबार भाउ स्थिर रहँदै तोलाको १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट