बुधबार सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

अर्थ समाचार

काठमाडौँ / बुधबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ६०० मा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी तेजाबी सुनको मूल्य रु १ लाख १० हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य आज १ हजार ३८० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ५ रुपैयाँ बढेको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट