`

सोमबार सुनको मूल्य स्थिर, कतिमा हुँदै छ कारोबार ?

Nepal One HD २५ असार २०८० ११:४९
अर्थ समाचार

काठमाडौँ । सोमबार नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ।  

आज प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

आइतबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको मूल्य पनि स्थिर रहँदै तोलाको १ हजार ३९५ रुपैयाँ कायम भएको छ। आइतबार तोलामा २० रुपैयाँले बढेर चाँदी १ हजार ३९५ रुपैयाँमा किनबेच भएको थियो।


प्रतिक्रिया