`

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

Nepal One HD १० साउन २०८० १२:३७
अर्थ समाचार

काठमाडौँ / आज नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य २ सय रुपैयाँले बढ्दै १ लाख १२ हजार २ सय रुपैयाँ कायम भएको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा २ सय रुपैयाँले नै बढ्दै १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले घट्दै १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया