`

आर्थिक वर्षमा कूल रु १७ खर्ब ८६ अर्बको वैदेशिक व्यापार

Nepal One HD १६ साउन २०८० १५:२१
अर्थ समाचार

काठमाडौँ / उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आर्थिक वर्ष २०७९./८०मा कूल रु १७ खर्ब ८६ अर्बको वैदेशिक व्यापार भएको जनाएको छ ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्रालयका सचिव मधुकुमार मरासिनीले २०७९/८०मा कूल रु १७ खर्ब ८६ अर्बको वैदेशिक व्यापार भएको र जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६ दशमलव ६ प्रतिशतले कमी रहेको जानकारी दिनुभयो ।

उहाले गत आर्थिक बर्षमा रु एक खर्ब ५७ अर्बको वस्तु निकासी भएको बताउनुभयो । नेपालको कूल निकासीमा २१ दशमवल चार प्रतिशतले ह्रास आएको उहाको भनाइ छ ।

उहाँले व्यापार सन्तुलनका लागि व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना, २०७९ र नेपाल व्यापार एकीकृत रणनीति, २०८० को कार्यान्वयनको तयारी गरिएको बताउनुभयो ।

सचिव मरासिनीले चालू आर्थिक बर्षमा प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रमको कार्यान्वयन, स्टार्ट अप उद्यम कर्जा कार्यक्रम, टिमुरे र चाँदनी दोधारा सुख्खा बन्दरगाह निर्माणमा तीव्रता दिइएको बताउनुभयो ।

बैठकमा मन्त्रालयले आर्थिक बर्ष २०७९/८०मा सम्पादन भएका मुख्य कामहरु र भावी योजनाका बिषयमा समितिलाई जानकारी गराएको हो ।


प्रतिक्रिया