चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने अनुमान

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने अनुमान गरिएको छ ।
बुधबार राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८१/८२ को वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने अनुमान गरेको हो ।
गत आर्थिक वर्ष २०८१/८१ मा आर्थिक वृद्धिदर ३.८७ प्रतिशत थियो । आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । गत आर्थिक वर्षको अन्त्यमा नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब रहेको थियो ।
तथ्यांक कार्यालयले गैरकृषि क्षेत्रको आर्थिक वृद्धिदर ४.२८ प्रतिशत रहने अनुमान गरेको छ । कार्यालयका राष्ट्रिय लेखा शाखाका निर्देशक ऋषिराम सिग्देलका अनुसार कृषि क्षेत्रको वृद्धिदर भने ३.२८ प्रतिशत रहने कार्यालयको अनुमान छ ।
कृषि क्षेत्रको वृद्धिदर गत आर्थिक वर्षको तुलननामा केही कम भए पनि गैरकृषि क्षेत्रको वृद्धिदरमा भने उल्लेख्य सुधार भएको हो ।