कमल थापा रिहा

प्रमुख खबर

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ७ जना रिहा भएका छन् । थापासहित ७ जना आइतबार दिउँसो काठमाडौँको नक्सालस्थित नारायणचौरबाट पक्राउ परेका थिए ।
त्यस्तै राप्रपाका सांसद दीपक सिंह थापालाई भेट्न जाँदा प्रहरी परिसरबाटै पक्राउ परेका थिए । परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराले एक जनाबाहेक ७ जनालाई रिहा गरिएको जानकारी दिए ।
प्रहरीले कमल थापा, दीपक सिंह, शिला राना, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली, सरोज तिमिल्सिनालाई प्रहरीले जिम्मा जमानीमा छाडेको उनले बताए ।
मदिरा खाएर प्रहरीमाथि नै दुव्र्यवहार गर्ने डा राजीव झा भने थुनामै छन् । प्रदर्शनका क्रममा निषेधिक्ष क्षेत्र तोड्दै अघि बढ्न खोजेपछि थापासहितलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया
ताजा अपडेट