लस एन्जलसमा कर्फ्यु आदेश जारी

NepalOne २८ जेठ २०८२ ८:३८
विश्व

लस एन्जलस । लस एन्जलसमा जारी प्रदर्शनपछि मेयर करेन बासले एक वर्ग माइल क्षेत्रका लागि रातको कर्फ्यु लागू गर्ने घोषणा गरेकी छन् । चार दिनदेखिको तोडफोड र लुटपाटपछि सुरक्षाकर्मीले करिब ३०० प्रदर्शनकारीहरूलाई पक्राउ गरेका छन् ।

कर्फ्यु  मंगलबार राति ८ बजेदेखि बिहान ६ बजेसम्म लागू हुनेछ । ‘मैले सहरमा आपतकालीन अवस्था घोषणा गरेको छु र डाउटाउन क्षेत्रका लागि कफ्र्यु जारी गरेको छु, लुटपाट र तोडफोड नियन्त्रण गर्न,’ मेयर बासले साँझ पत्रकार सम्मेलनमा भनिन् । उनका अनुसार, सोमबार राति मात्र २३ व्यवसायहरू लुटिएका थिए र क्षेत्रभरि तोडफोड गरिएको थियो ।

कर्फ्यु  केही दिन लागु रहनेछ र यसको निरन्तरताबारे निर्णय सुरक्षाकर्मी र निर्वाचित प्रतिनिधिहरूसँगको छलफलपछि हुने बासले जानकारी दिइन् । लस एन्जलस प्रहरी प्रमुख जिम म्याकडोनेलले भने कफ्र्यु क्षेत्रीय रूपमा सीमित गरिएको र यसले डाउटाउनभित्र बस्ने मिडियाकर्मी, र आपतकालीन सेवाका व्यक्तिहरूलाई असर नगर्ने बताए

। प्रदर्शनहरू अमेरिकी प्रशासनको आप्रवासन नीतिविरुद्ध सुरु भएका थिए। प्रहरीले शनिबार २७ र आइतबार ४० जनालाई पक्राउ गरेको थियो भने मंगलबार साँझसम्म थप २०५ प्रदर्शनकारी नियन्त्रणमा लिइएको जनाइएको छ । संघीय भवनहरू आसपासमा दर्जनौँ नेसनल गार्ड तैनाथ गरिएका छन्। फ्रीवेका इन र आउट प्वाइन्टहरूमा कडा सुरक्षा व्यवस्था गरिएको छ ।


प्रतिक्रिया