संसद् छाडेर बाहिरिए राप्रपाका सांसद

बिशेष

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् ।
भिजिट भिसा प्रकरणमा आफूहरूको विरोधबीच बजेटमाथिको छलफल अघि बढाइएको भन्दै उनीहरू बैठकबाट बाहिरिएका हुन् ।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले असहमति जनाएर प्रतिपक्षी दलहरूले अवरोध गरिरहँदा पनि बैठक सञ्चालन गरिएकाले आफ्नो दलले बहिस्कार गरेको बताए।
यसअघि आकस्मिक समयमा बोल्दै शाहीले विरोधबीच बैठक चलाएर ‘दादागिरी’ गरिएको भन्दै रोक्न आग्रह गरेका थिए ।
प्रतिक्रिया