बजेटको विरोध गर्दै संसद्को बाल्कोनीमा उभिए कांग्रेस सांसद बजगाईं

NepalOne १ असार २०८२ १४:५३
बिशेष

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईं संसद्को बाल्कोनीमा पुगेर उभिएका छन् ।

आइतबारको बसेको प्रतिनिधिसभा बैठकमा सांसद बजगाईंले गोरखाका पर्याप्त बजेट विनियोजन नगरेको र योजना पनि काटेको भन्दै विरोध स्वरुप दर्शक दिर्घामा गएर केहीबेर बसेका हुन् । त्यसलगत्तै उनले नोट पनि जारी गरेका छन्।

नोट जारी गर्दै बजगाईंले लेखेका छन्, ‘सम्माननीय केपी शर्मा ओली नेपालका प्रधानमन्त्रीज्यूलाई गोरखा लुकेको कर्णाली हो भन्ने विषय राम्रो ज्ञान छ। बूढीगण्डकी परियोजना निर्माण गर्ने अठोट पनि छ। नेपालका अर्थतन्त्र चलायमान गर्न कहाँकहाँ अवरोध छन् त्यो पनि थाहै छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालजी, तपाईले नेपालको भूगोल र प्रजातन्त्रको आधारभूत तत्त्व भनेको नागरिकका मौलिक अधिकारहरू र स्रोत साधनको समान वितरण हो भन्ने बुझ्नु भएन,’ ।

प्रजातन्त्रको आधारभूत तत्व भनेको नागरिकका मौलिक अधिकारहरू र स्रोत साधनको समान वितरण रहेको तर, भौतिक पूर्वाधार मन्त्रालयको बजेट यसअनुसार आउन नसकेको उनले बताए ।

उनले थपे, ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले न प्रजातान्त्रिक मूल्यको मर्म बुझेका छन् न देशको भूगोलप्रति आवश्यक समझदारी राख्छन् । त्यसैले उहाँ गोरखा मात्र होइन, देशभरिका लागि बजेटको न्यायसंगत वितरण गर्न अयोग्य देखिए ।’


प्रतिक्रिया