`

नेदरल्यान्डसविरुद्धको खेलमा नेपालले टस जित्यो

Nepal One HD २ असार २०८२ २०:१३
खेलकुद

काठमाडौँ, २ असार : नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्कटल्याण्डमा जारी टि २० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत आज पहिलो खेलमा टस जितेको छ । स्कटल्यान्डको टिटउट रङ्गशालामा भर्खरै भएको टसमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । यसँगै नेदरल्यान्ड्सले पहिला ब्याटिङ गर्नेछ ।

यस सिरिजअन्तर्गत हिजो भएको पहिलो खेलमा नेदरल्यान्ड्स स्कटल्याण्डसँग ३९ रनले पराजित भएको थियो । नेपालको प्लेइङ ११ मा कप्तान पौडेलसहित, लोकेश बम, कुशल भुर्तेल, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, किरण ठगुन्ना, रुपेश सिंह, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *