`

‘नेपाली कांग्रेसभित्र अनुशासन हराउँदै गएको छ’: सहमहामन्त्री राठौर

Nepal One HD २ असार २०८२ २०:२६
राजनीति

राँझा (बाँके), २ असारः नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीभित्र अनुशासनको अनुभूति हराउँदै गएको बताउनुभएको छ ।नेपाली कांग्रेस निकट नेपाल किसान महासङ्घ बाँके क्षेत्र नं २ ले आज नेपालगञ्जमा आयोजना गरेको नयाँ कार्यसमिति घोषणा सभामा सहमहामन्त्री राठौरले पार्टी पदाधिकारीबाटै गुटको राजनीति गर्दै पार्टीभित्र अराजकता बढाइरहेको आरोप लगाउनुभयो ।

“पार्टीभित्र अराजकता बढाउने काम भइरहेको छ, विधि विधान र प्रक्रियाभन्दा बाहिर गएर महामन्त्रीहरुलाई अराजकता गर्ने छुट छैन”, उहाँले भन्नुभयो, “लावालस्कर र हो हल्ला गरेर पार्टी चल्दैन र लोकप्रिय पनि भइँदैन ।”

नेपाल किसान महासङ्घ बाँके क्षेत्र नम्बर–२ मा सुरेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा सत्र सदस्यीय कार्यसमिति घोषणा गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा सम्सुद्दिन खाँ, सचिवमा विजय मल्ल, सह सचिवमा विजयरत्न श्रेष्ठ र कोषाध्यक्षमा देवराज न्यौपाने रहनुभएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *