भिजिट भिसाबारे रास्वपाको आपत्ति, भन्यो – २ हजार पीडित सम्पर्कमा आएका छन्


काठमाडौं । रास्वपाले गृहमन्त्री रमेश लेखकले संसद्को भिजिट भिसा प्रकरणका पीडितलाई धम्की दिएको भन्दै आपत्ति जनाएको छ ।
गृहमन्त्री लेखकले रास्वपाले नक्कली पीडितहरु खडा जाहेरी दर्ता गराई नियोजित ढंगले आफ्नो विरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका थिए ।
२ हजार भन्दा धेरै पीडित नेपाली नागरिक रास्वपाको सम्पर्कमा आएको भन्दै प्रवक्ता मनिष झाले त्यसमध्ये केही आफ्नो दुःखको कथा र ठगिएको सम्बन्धित प्रमाण लिएर पार्टी कार्यालयमा आएको बताए ।
उनीहरूलाई सम्बन्धित सरकारी निकाय र संवैधानिक नियोगमा लगायतमा उजुरी दिन सुझाएका र, यो एक राजनीतिक दलले गर्ने स्वाभाविक व्यवहार र नियमित अभ्यास भएको उनले प्रष्ट्याए ।
‘भर्चुअल र फिजिकल माध्यमबाट २ हजार भन्दा धेरै पीडित नेपाली नागरिक सम्पर्कमा आउनुभयो। त्यसमध्ये केही आफ्नो दुःखको कथा र ठगिएको सम्बन्धित प्रमाण लिएर पार्टी कार्यालयमा आउनुभयो। हामीले वहाँहरूलाई सम्बन्धित सरकारी निकाय र संवैधानिक नियोगमा लगायतमा उजुरी दिन सुझाएका हौ। र, यो एक राजनीतिक दलले गर्ने स्वाभाविक व्यवहार र नियमित अभ्यास हो।’उनले भने