सुनको मूल्य बढ्यो, चाँदी घट्यो

अर्थ समाचार

काठमाडौँ । विगत केही दिनदेखि उच्च वृद्धि भएको सुनचाँदीको मूल्यमा बिहीबारदेखि सामान्य गिरावट आएको छ । शुक्रबारको तुलनामा आइतबार बजार खुल्दा सुन तोलामा ५०० रुपैयाँले बढेको छ भने र चाँदी १० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल एक लाख ९५ हजार २०० तथा सोही परिमाणको चाँदीको मोल दुई हजार १६० निर्धारण भएको छ । शुक्रबार प्रतितोला सुन रु एक लाख ९४ हजार ७०० र चाँदी रु दुई हजार १५० मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३६७ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट