`

बजेटमा जनप्रतिनिधिलाई वेवास्ता गरिएको सांसद केसीको आरोप

Nepal One HD ८ असार २०८२ १४:२०
प्रमुख खबर

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बजेट सन्तुलिन नभएको बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयसहित विभिन्न मन्त्रालय, आयोगका विभिन्न शीर्षकहरूमाथिको छलफलमा भाग लिँदै सांसद केसीले मन्त्री र शीर्षस्त नेताहरूको जिल्लामा बजेट बढी विनियोजन गरेर विभेद गरिएको आरोप लगाएका हुन् ।

उनले बजेटको सिद्धान्त विपरित योजनाहरू छरिएको र टुक्रे आयोजनालाई समेटेको भन्दै तीन करोडको सिलिङ विपरित आयोजना छनोट हुनु दुखःद भएको टिप्पणी गरे ।

केसीले भएका र पुराना आयोजनालाई निरन्तरता नदिइ नयाँ टुक्रे आयोजनालाई प्रथामिकता नदिएर जनप्रतिनिधिलाई वेवास्ता गरिएको आरोप लगाए । बजेटले खेलकुद, शिक्षा, स्वास्थ्य आदि विषयलाई प्राथमिकता दिन नसकेको उनको जिकिर थियो ।

सांसद केसीले सुशासनप्रति जनतामा चुलिएको असन्तुष्टिलाई सम्बोधन गर्न माग गरे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद सूर्यबहादुर थापाले कर्णाली प्रदेशको दैलेख जिल्लाको जलजले क्षेत्रमा मिथेन ग्यासको पहिचान भएको र नेपालको आगामी ५० वर्षको खपत धान्ने भण्डारण रहेको विषय सिङ्गो देशका लागि खुशीको विषय भएको बताए । दैलेखमा एक खर्ब १२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको पत्ता लागेको प्रारम्भिक प्रतिवेदन हालै सार्वजनि भएको थियो ।

सांसद थापाले विगतमा धेरै रकम खर्च गरेर विभिन्न कम्पनीले ग्यास नपाइएको प्रतिवेदनको निष्कर्ष दिएको स्मरण गर्दै पछिल्लो दैलेखमा ग्यास पहिचानको प्रतिवेदनले देशको अर्थतन्त्रलाई बलियो र जनताप्रति आशा जगाउन प्रेरित गर्ने विश्वास व्यक्त गरे । बजेट सन्तुलित नभएको र जनप्रतिनिधिहरूको सुझाव नसमेटिएको गुनासो उनको थियो ।

उनले भने, ‘राष्ट्रिय योजना आयोगले तीन करोड माथिका योजनाको सिलिङ दिए पनि स–साना टुक्रे योजना समेटिएको छ । तीनकरोड मुनिका योजनालाई निर्ममतापूवर्क कटौती गरियोस् ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *