`

भिजिट भिसा काण्डमा हजारौ नेपाली युवाको सपना र सिंगो भविष्यमाथिको सुनियोजित डकैती भयोः सांसद शाह

Nepal One HD ८ असार २०८२ १२:२१
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले भिजिट भिसा काण्ड हजारौ नेपाली युवाको सपना र सिंगो भविष्यमाथिको सुनियोजित डकैती भएको बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा उनले युवाहरुको विवशताको भुइँमा टेकेर देशमा लुटको सिन्डिकेट खडा भएको भन्दै यसले देशलाई छिट्टै नै भ्रष्टाचारको म्यूजियम बनाउने बताए ।

उनले भने, ‘युवाहरुको विवशताको भुइमा टेकेर देशमा लुटको सिन्डिकेट खडा भएको छ । यो सिन्डिकेटले कहिले भुटानी शरणार्थीको रुपमा देशको नागरिक बेच्छ, कहिले ललिता निवास बचाउनु पर्नेले सरकारी जग्गा बचाउँछ । कहिले सुनलाई बिस्कुट भनेर भित्राउँछ । लाग्छ अब यो देश छिटै नै भ्रष्टाचारको म्यूजियम बन्दैछ ।’

यस्तै उनले सदन केवल बहुमतको अंकगणितले मात्र होइन विवेक र नैतिकताले चल्नुपर्ने भन्दै एक महिनादेखि सदनमा राजनीतिक नाटक मञ्चन भइरहेको बताए । रास्वपा संख्यामा थोरै भएपनि कमजोर नभएको भन्दै रास्वपाले आफ्नो माग कायमै राख्ने पनि उनको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *