`

कर्णाली प्रदेशसभाको बैठक स्थगन

Nepal One HD ८ असार २०८२ १९:११
राजनीति

कर्णाली, ८ असारः प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले अवरोध गरेपछि कर्णाली प्रदेशसभाको बैठक स्थगन भएको छ । प्रदेशसभाको आजको बैठकमा सभामुख नन्दा गुरुङले काम कारबाही सुरु गरेको घोषणा गरेपछि माओवादी केन्द्रका प्रमुख सचेतक कृष्णबहादुर जिसीले बैठकमा समय मागेर बोल्नुभएको थियो । उहाँले बजेट आर्थिक ऐन विपरीत आएको आरोप लगाउनुभयो ।

बजेट निर्माण प्रक्रिया नै त्रुटिपूर्ण भएको दाबी गर्दै जिसीले आयोजना बैङ्क अन्तिमसम्म पनि सार्वजनिक गर्न नसकेको र प्रतिपक्षी दलसँग भएका हालसम्मका सहमति कार्यान्वयन हुन नसकेको आरोप लगाउनुभयो । माग सम्बोधन नभएसम्म सदनका काम कारबाही अगाडि बढ्न नसक्ने उहाँको भनाइ थियो । विरोधमा नेकपा (एकीकृत समाजवादी) र राप्रपासहितको दलहरुले समर्थन गरेका छन् ।

बैठक अवरोध भएपछि कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले यही असार ५ गते कर्णाली प्रदेशसभासमक्ष टेबुल गर्नुभएको कर्णाली प्रदेश आर्थिक विधेयक, २०८२ तथा विनियोजन विधेयक, २०८२ माथिको कारबाही अगाडि बढ्न सकेन ।अवरोध जारी रहेपछि सभामुख गुरुङले बैठक आधा घण्टाका लागि स्थगन भएको जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *