37
Shares
पोखरा – आगलागीबाट घर जल्दा कास्कीमा एक जनाको मृत्यु भएको छ ।
कास्कीको मादी गाउँपालिका वडा नम्बर १ सिक्लेसस्थित घरमा लागेको आगलागीका कारण ७१ वर्षीय सुरज गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक गुरुङ कास्कीको मादी गाउँपालिका वडा नम्बर १ का निवर्तमान वडाध्यक्षसमेत हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले घरमा लागेको आगोको कारण उनको मृत्यु भएको बताए ।