बुधबार घट्यो सुनको मूल्य, चाँदीको भाउ कति ?

NepalOne ४ माघ २०७९ १०:५९
अर्थ समाचार

काठमाडौं । बुधबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । मंगलबार रु १ लाख ५ हजार १ सयमा कारोबार भएको सुनको मूल्य आज तुलनामा प्रतितोला रु ६ सयले घटेर प्रतितोला रु १ लाख ४ हजार ५ सयमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ४ हजार छ । यसको मूल्य अघिल्लो दिन रू १ लाख ४ हजार ६ सय थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रू १५ ले घटेर प्रतितोला रु १ हजार ३ सय ७५ कायम रहेकोे महासङ्घले जनाएको छ ।


प्रतिक्रिया