७ दिन कैद र ८ लाख २४ हजार जरिवाना तोकिएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

अर्थ समाचार

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । धादिङ जिल्ला गंगाजमुना गाउँपालिका वडा नं ६ स्थाई घर भई हाल काठमाडौं महानगरपालिका वडा नं ३ बाँसबारी बस्ने २९ वर्षीय लोकमान गुरुङ पक्राउ परेका हुन् ।
उच्च अदालत पाटनबाट ८ लाख २४ हजार बिगो तथा जरिवाना, ७ दिन कैद र ३२ हजार ९ सय ६० रुपैयाँ क्षेतिपूर्ति भराउने फैसला भएका गुरुङ फरार भएका थिए ।
उनलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले थापागाउँबाट पक्राउ गरेको हो ।
प्रतिक्रिया
ताजा अपडेट