शुभम् पावरले ४ लाख ८१ हजार ८ सयकित्ताआइपीओ निष्कासन गर्ने , कहिलेदेखि दिन पाइन्छ आवेदन ?

NepalOne १० माघ २०७९ ११:३३
अर्थ समाचार

काठमाडौं । शुभम् पावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले माघ १८ गतेदेखि सर्वसाधारणका लागि ४ लाख ८१ हजार ८ सय ८२ कित्ता आइपीओ जारी गर्न निष्कासन गर्ने भएको हो ।

शुभम् पावरले सर्वसाधारणका लागि छुट्याएको सेयरमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आवेदन नदिएको सेयर थप गरि सर्वसाधारण लागि छुट्याएको थियो । जसअनुसार कम्पनीले ५ लाख ८० हजार ५८० कित्ता सेयर सर्वसाधारण लागि छुट्याएको हो ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताको लागि माघ २२ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन ३ गतेसम्म आवेदन दिन सक्ने बताइएको छ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गरेको छ ।


प्रतिक्रिया