बिहिबार सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै १ लाख ६ हजार ९०० रुपैयाँमा कारोबार

अर्थ समाचार
काठमाडौं । बिहिबार सुनको मूल्य बढेको छ । बुधबार तोलाको रु १ लाख ६ हजार २०० सयमा कारोबार भएको छापावाल सुन आज ७ सय रुपैयाँले बढेर १ लाख ६ हजार ९०० रुपैयाँ कायम भएको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहिबार तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार ४०० रुपैयाँमा कारोबार भएको छ भने बुधबार तेजावी सुनको भाउ तोलाको रु १ लाख ५ हजार ७ सय रुपैयाँ निर्धारण भएको थियो ।
यो हालसम्मकै उच्च मूल्य हो। बिहिबार चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया
ताजा अपडेट