अर्थतन्त्रमा केही समस्या छन्, तर त्यसलाई न्यूनीकरण गर्न सकिन्छ – अर्थमन्त्री महत

NepalOne २३ चैत २०७९ २०:३२
अर्थ समाचार

काठमाडौं – अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा केही समस्या भएपनि न्यूनीकरण गर्न सकिने बताएका छन् । बिहिबार अर्थ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार समाजसँगको छलफलमा उनले यस्तो बताएका हुन् । उनले अर्थतन्त्र आतिहाल्नुपर्ने अवस्थामा नरहेको बताए ।

उनले भने – ‘अर्थतन्त्रमा केही समस्या छन् तर त्यसलाई न्यूनीकरण गर्न सकिन्छ । खर्च कम गरेर उत्पादनशील क्षेत्रमा लगाउने र जनतामा देखिएको नैराश्यलाई कम गर्न केही सुधारका काम गर्नु अपरिहार्य छ ।’

उनले अनावश्यक खर्च कम गर्ने र पूँजीगत खर्चलाई उत्पादनशील क्षेत्रमा खर्च गर्ने योजना रहेको बताए । उनले भने ‘“’अनावश्यक खर्च कम गर्ने र पूँजीगत खर्च ‘मस्ट प्रोडक्टिभ’ क्षेत्रमा गर्ने योजना छ ।’”’


प्रतिक्रिया