हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

NepalOne २९ चैत २०७९ ९:१७
अर्थ समाचार

काठमाडौँ। बुधबार अमेरिकी डलरको भाउ बढेकामे छ भने अन्य देशको विनिमय दर पनि केही घटबढ भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर २३ पैसाले वृद्धि भएको छ । आज अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ११ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७१ पैसा रहेको छ। यस्तै युरोपियन युरोको भाउ बढेर एकको खरिददर १४३ रुपैयाँ ९ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा कायम गरिएको छ।

यस्तै अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ २९ पैसा र बिक्रीमा ८७ रुपैयाँ ६९ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ११ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५६ पैसा कायम भएको छ

यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६३ रुपैयाँ १२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८७ पैसा तोकिएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५ पैसा कायम गरिएको छ। यस्तै साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७० पैसा र बिक्रीमा ३५ रुपैयाँ ८६ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ६७ पैसा र बिक्रीदर २९ रुपैयाँ ८१ पैसा रहेको छ ।


प्रतिक्रिया