बिहिवार सुनको मूल्य स्थिर, चाँदीको भाऊ कति ?

NepalOne ३० चैत २०७९ १२:०८
अर्थ समाचार

काठमाडौँ  / नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ। यसअघि सुन तोलाको एक हजार रुपैयाँले बढेको सुनको कारोबार स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख १० हजार २५० रुपैयाँ निर्धारण भएको छ ।  यसअघि बुधवार सुनको कारोबार सोही मूल्यमा किनबेच भएको थियो । 

आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदी तोलाको १४ सय ५० रुपैयाँ कायम भएको छ । बुधवार चाँदीको कारोबार सोही मूल्यमा भएको थियो । 


प्रतिक्रिया