नेकपा एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने

प्रमुख खबर

काठमाडौं / नेकपा एकीकृत समाजवादी पाटीले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।
बुधबार बिहान संसद् भवन नयाँ बानेश्वरमा बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले पक्षमा मतदान गर्ने निर्णय गरेको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए ।
बजेटको विषयलाई लिएर नेकपा एसले असन्तुष्टि जनाउँदै आइरहेको थियो। प्रधानमन्त्री प्रचण्ड माग सम्बोधन गर्ने तयार भएपछि पक्षमा मतदान गर्ने निर्णय गरेको हो। जेठ १५ गते संसदमा प्रस्तुत गरेको बजेट आज पारित गर्ने तयारी छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट