`

अमेरिकी वार्ताकारसँगको भेटपछि ‘अर्को चरण’ को योजना बनाइरहेका छाैँ : जेलेन्स्की

Nepal One HD २२ भदौ २०८३ २१:२६
विश्व

काठमाडाैँ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार आफू र आफ्नो वार्ता टोलीले यसै हप्ताको अन्तमा अमेरिकी तथा युरोपेली अधिकारीहरूसँग भएको वार्तापछि ‘अर्को चरण’ को योजना बनाइरहेको बताएका छन्।

उनले उक्त चरणमा के गर्ने भन्ने विस्तृत उल्लेख गरेका छैनन्। अमेरिकी वार्ताकार स्टिभ विटकोफ र जारेड कुश्नरले सप्ताहन्तमा नेता जेलेन्स्की र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग साढे चार बर्षदेखि जारी युद्ध अन्त्य गर्ने वार्ता पुनः सुरु गर्ने प्रयासस्वरूप भेट गरेका थिए।

युक्रेनी राष्ट्रपतिको एक वरिष्ठ स्रोतले एएफपीलाई विटकोफ र कुश्नरले द्वन्द्व अन्त्यका लागि ‘अझ प्रभावकारी’ प्रस्तावहरू ल्याएको बताउनुभयो । वार्ताबाट कुनै ठूलो सफलता भएको भने मस्को र किएभ दुवैले घोषणा गरेनन् ।

“वार्ताकारसँगको ‘हाम्रो’ वार्तापछि युक्रेनी वार्ता टोलीसँग उहाँहरूको भेट भयो । हामी आफ्ना अर्को कदमहरू समन्वय गर्दैछौं। हामी आगामी भेटघाट र सम्पर्कका लागि तयारी गर्दैछौँ,” जेलेन्स्कीले फेसबुकमा पोस्ट गर्दै लेखेकाे छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *