राष्ट्रपति पौडेलद्वारा उपत्यकाका नौ शक्तिपीठको दर्शन (तस्वीरहरु)
प्रमुख खबर
काठमाडौँ । बडादसैँ २०८३ का अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार काठमाडौँ उपत्यकाका विभिन्न नौ शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्।
राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभाभगवती मन्दिर पुगेर पूजाअर्चना तथा दर्शन गरेका हुन्।
बडादसैँमा शक्तिस्वरूपा दुर्गा भवानीको विशेष आराधना गर्ने धार्मिक परम्परा छ। यस अवसरमा देवीको पूजा, पाठ तथा दर्शन गरी सुख, शान्ति, समृद्धि र परिवारको कल्याणको कामना गर्ने गरिन्छ।
दसैँका अवसरमा काठमाडौँ उपत्यकासहित देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा पूजाअर्चना र दर्शनका लागि भक्तजनको घुइँचो लाग्ने गरेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको










