विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले पठाए कोशीका विपक्षी दललाई पत्र

प्रमुख खबर

विराटनगर / विश्वासको मत माग्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपक्षी दललाई पत्र पठाएका छन् ।
प्रदेशसभामा रहेका विपक्षी दलहरुलाई पत्र लेख्दै कार्कीले त्यस्तो अनुरोध गर्नुभएको हो । विपक्षी गठबन्धनका कांग्रेस, नेकपा एस र जसपा संसदीय दलका नेतालाई कार्कीले नेकपा एमाले संसदीय दलको नेताको हैसियतमा पत्र लेख्नु भएको छ ।
कार्कीले पत्रमा प्रदेश संरचनाको स्थायित्व, सुशासन र नागरिकका अपेक्षाहरू पूरा गर्नका निम्ति पटक-पटक सरकार परिवर्तन भइरहने घटनाले आम नागरिकमा संघीय प्रणालीप्रति नै निराशा उत्पन्न हुनसक्ने उल्लेख गर्नुभएको छ ।
मुख्यमन्त्री कार्कीले ५ वर्षसम्म कसरी र कुन विधिबाट सरकार चलाउने भन्ने विषयमा थप छलफल गर्न आफू तयार रहेको उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट